भक्तपुर । थापाथली पुलबाट एकजना महिला हामफालेकी छिन् । काठमाडौं र ललितपुर जोड्ने उक्त पुलबाट हाम फालेकी उनलाई तत्काल प्रहरी पुगेर उद्धार गरेको छ ।
प्रहरीका अनुसार महिलाको पहिचान खुलेको छैन । उनलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।
यस घटनाबारे र महिलाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।