प्युठान । शहरी विकास मन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीमा निर्माण भएको सामुदायिक भवनको उद्धाटन गरेका छन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत कुल ४ करोड २६ लाख रुपियाँमा निर्माण भएको सामुदायिक भवनको शहरी विकास मन्त्री चौधरीले मंगलबार उद्धाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले नयाँ शहर बनाउने लक्ष सहित आफू अगाडि बढिरहेको उल्लेख गरे । यस्तै, प्यूठान जिल्लालाई समृद्ध बनाउन चाहिने भौतिक पूर्वाधार निर्माणमा पहल गर्ने समेत प्रतिबद्धता जनाए ।
प्रसस्त पर्यटकीय सम्भावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी यहीँ रहेको भन्दै संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताए ।