November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

खोलामा डुबेर दुईजनाकोे मृत्यु

विराटनगर । उदयपुरको ताप्लि गाउँपालिका–१ स्थित खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । भाद्र १ गते बेलुका ६ बजे ताप्लि–१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी बिहीवार दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पु¥याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

Advertisement

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।