धरान । सुनसरीको इटहरी उप–महानगरपालिका १७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २७ बर्षीय केसी रिषिदेव रहेकी छन् ।
बिहीवार अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा एपेक्स अस्पताल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।