November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

युवायुवती चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला

काठमाडौं । बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन् । युवायुवती चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका–५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका छन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल पठइएको प्रहरीले जनाएको छ ।

मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement