November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयकहरूलाई प्रमाणीकरण गरेकी हुन् ।

Advertisement