काठमाडौं । मृत व्यक्तिलाई प्रार्थानाबाट जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक पास्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् ।
भिडियोमा बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ । उक्त भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको प्रार्थानापछि केही बेरमा जुरुक्क उठेर सरासर हिँडेको देखिन्छ ।
भिडियोमा उनकी सासु भनिएकी एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँच÷छ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।
विवेक सत्यालको नामबाट सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि यस्तो भिडियोले समाजमा भ्रामक सन्देश दिने भन्दै सामाजिक सञ्जालमै कारबाहीको माग उठेपछि जिल्ला प्रशासन कार्यालयले अनुन्धानका लागि आदेश दिएको थियो ।
आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीले सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ हो । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।