काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले पायो पूर्णता पाएको छ । ‘कालोबजारी गुणस्तरीयहिन वस्तु तथा सेवाको पूर्ण निष्क्रियता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी हाम्रो प्रतिबद्धता’ भन्ने मूख्य नारा सहित गृह मन्त्रालयमार्फत उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापीत नेपाली उपभोक्ता संरक्षण महासंघले पूर्णता पाएको हो ।
महासंघको सोमबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गरेको हो । गत साउन २६ गते सम्पन्न अधिवेशनबाट चन्द्र साउदको नेतृत्वमा ४३ सदस्य नयाँ कार्यसमिति ३ बर्षको लागि निर्वाचित भएका हुन् । तिनै निर्वाचीत सदस्यहरुबाट पदाधिकारी चयन गरेको नवनिर्वाचित उपमहासचिव लुमडी बहादुर कार्कीले जानकारी दिए ।
उपभोक्ता संरक्षण महासंघको अध्यक्षतामा चन्द साउद, बरिष्ठ उपाध्यक्षमा इन्द्र राज भट्टराई, उपाध्यक्षमा लक्ष्मी शर्मा, मनोज अधिकारी, सुमन लामा, सुरेन्द्र जोशी, अर्जुन श्रेष्ठ, अर्जुन खड्का, र अजय महतोलाई जिम्मेवारी दिएको छ भने उपमहासचिवमा लुमडी बहादुर कार्की र सोनाम लामा, तथा सचिवमा उज्जल श्रेष्ठ, बिजय गौतम, समिर राना, सोवितमान गिरी, रोहीत बहादुर खत्रीलाई चयन गरेको छ । यस्तै, कोषाध्यक्षमा रोयक्क्षा केसी, महासचिव र सहकोषाध्यक्ष भने चयन हुन बाँकी रहेको उप महासचिव लुमडी बहादुर कार्कीले जानकारी दिए ।
नेपाली उपभोत्ता संरक्षण महासंघको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्धाटन महानायक राजेश हमालले गरेका थिए ।
अध्यक्ष चन्द्र साउदले नेपालको कालोबजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी वस्तुको निर्मुलिकरण गरी सर्वसाधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघले अल्पकालिन र दिर्धकालीन कार्यक्रम संञ्चालन गर्ने जानकारी दिए ।