झापा । लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा एक भारतीय नागरीकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका–४ का ३५ बर्षीय जेमिल महमद, बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ बर्षीय जम्सेद आलम रहेको छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा अर्जुन राजवंशी र जम्सेद आलमालाई मंगलबार बिहान झापाको हल्दिवारीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगद सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
