November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

विद्युत् प्राधिकरणले राख्यो काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन

काठमाडौं । काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन राखिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको चार्जिङ स्टेसनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।

प्राधिकरणका अनुसार विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । स्टेसन रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा राखिएको छ ।

यस्तै, देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

Advertisement

मन्त्री भुसालले पहिलो चरणमा ५१ वटा चार्जिङ स्टेसनहरू स्थापना गरिन लागिएको जानकारी दिइन् ।