November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा हात्तीको आक्रमणबाट स्कुटर चलाइरहेकी एक महिलाका मृत्यु

दमक । झापामा स्कुटर चलाइरहेकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार साँझ ५ः४० बजेतिर थोप्लेबिरान सामुदायिक बन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी सम्झना श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी उनको आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

३४ वर्षीया सम्झना श्रेष्ठ मेचीनगर–९ मा रहेको थोप्लेबिरानबाट बुद्धशान्ति–५ स्थित घर जाँदै गरेको अवस्थामा हात्तीले आक्रमण गरेको जनाइएको छ ।

Advertisement