चनौटा । युवा संघ नेपालको जागरण अभियान भालुवाङबाट चनौटा, कपिलवस्तु तर्फ लागेको छ । चनौटामा एक कार्यक्रम गरी अभियान कपिलवस्तुतर्फ लागेको युवा संघका उम महासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईल बताए ।
चनौटामा भएको कार्यक्रममा युवा संघका सचिव प्रेमा लामा, पार्टीका नेता रामप्रसाद गैरे लगायतले बोलका थिए । ६ सय बढीको सहभागिता रहेको सो कार्यक्रममा स्थानीयले अभियान टोलीलाई भव्य स्वागत तथा बिदाइ गरेका थिए ।