ललितपुर । किराँत याक्थुङ् चुम्लुङ्हिम ललितपुरको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले टंकबहादुर लिम्बुको अध्यक्षतामा २७ सदस्यीय नयाँ समिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा शुभराज थाम्सुहाङ, आशा नेम्बाङ्, सचिब मनुकला थक्लुङ्, सहसचिब रुपा राई लिम्बु, कोषाध्यक्ष गंगाकुमारी लिम्बु चयन भएका छन् ।
सदस्यहरूमा देउमान लुम्फङ्वा, चन्द्र कुमार योङ्या, भुवनसिंह यक्सो, उदय बेघा, इन्दिरा चेम्जोङ्, रामशिला बखिम, डम्बर तुम्रोक, दिपा लोक्ताम, जुनिता नेम्बाङ्, धनसिं लिन्देन, आइन्द्र कुमारी आङ्देम्बे, लालबहादुर हुक्पा चोङ्बाङ्, बिष्णुमाया सिंगक, कुमारी यक्सो, हरि प्रसाद लावती, टेक लावती, कृष्णराज नेम्बाङ्, डम्बरबहादुर यक्सो, खड्कबहादुर नुगो, दिलेन्द्र नेम्बाङ् र निर्मला लिम्बु आङ्बुङ छन् ।
अधिवेशनको अवसरमा येत्हाङ समाज सेवा पुरस्कारबाट मेचीनगर नगरपालिका वडा न.ं १३ निवासी समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ मेचीनगर वडा नं. १३ अध्यक्ष खविनबहादुर थुप्पोको थेबे लिम्बु र समाजेवी कृष्ण कुमारी सुब्बालाई सम्मानित गरेको छ । त्यसैगरी कियाचु ललितपुरको २३ वर्ष कोषाध्यक्ष पदमा कार्य गरेकामा “दीर्घ सेवा सम्मान”बाट अगेन्द्र वनेम लिम्बूलाई सम्मान गरेको छ ।