मोरङ । मोटरसाईकलको ठक्करबाट मोरङमा बृद्धा महिलाको मृत्यु भएको छ । जिल्लाको धनपालथान गाउँपालिका–७ स्थित सडक खण्डमा मोटरसाईकलको ठक्करबाट स्थानिय बृद्धा महिलाको मृत्यु भएको हो ।
सोमबार साँझ साढे ६ बजे प्रदेश १–०४–००१प ८८९४ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीया कलावती मण्डललाई ठक्कर दिँदा घाईते भएकी मण्डलको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाईकल चालक धनपालथान–७ का विकाश यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।