काठमाडौं । सांसद कृष्णकुमार श्रेष्ठले पारिश्रमिक बापतको रकम सामाजिक संघसंस्थालाई सहयोग गरेका छन् । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित श्रेष्ठले पाँच वर्षको पारिश्रमिकबापतको रू. तीस लाख ९८ हजार सामाजिक संघसंस्थालाई सहयोग गरेका हुन् ।
श्रेष्ठका अनुसार पारिश्रमिकबापतको रकम विभिन्न संघसंस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेका हुन् ।
“मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठले भने ।