November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सुनसरीमा करेन्ट लागेर एक युवाको मृत्यु

धरान । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–३ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका–४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मियालाई उपचारको लागि बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement