November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो स्थानीय २० बर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका–३ का २० बर्षीय होमन लिम्बुलाई १ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित भद्रपुर नगरपालिका –४ डांगीवारीबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement