काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्ष भाइटीका लगाइनन्। माइतीतर्फ जुठो परेका कारण भण्डारीले टीका नलगाएकी हुन्।
तीनजना भाइमध्ये राष्ट्रपति भण्डारीले डेगेन्द्र पाण्डेलाई भाइटीका लगाउने गरेकी थिइन्। दुई जना भाइ भने अमेरिका छन्। तर, यस वर्ष जुठो परेका कारण पाण्डे परिवारले कुनै पर्व मनाएको छैन।
जुठो परेका कारण राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाबाट टीका लगाइनन्। दशैंमा पुरेतबाट टीका ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारण तथा सुभेच्छुकलाई टीका लगाइदिएकी थिइन्।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएनन् ।