November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

निर्वाचन पर्यवेक्षणका लागि ४३ वटा राष्ट्रिय र चारवटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति

२०७९ कार्तिक १८

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनको पर्यवेक्षण गर्न दिने कानूनी व्यवस्थाअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणका लागि ४३ वटा राष्ट्रिय तथा ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

कतिपय मुलुकलाई आग्रह गरेर नै पर्यवेक्षणका लागि बोलाएको छ । ती संस्थाका पर्यवेक्षकहरूसँगै मतदानका दिन मित्रराष्ट्रका आमन्त्रित विशिष्ट अतिथि एवं नेपालस्थित कूटनीतिक नियोगबाट पनि अनुगमन हुनेछ ।

आयोगले आमन्त्रण गरेकाले मतदानका दिन र अन्य पर्यवेक्षकले १५ दिन अगाडिदेखि नै पर्यवेक्षण गर्ने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

Advertisement

पर्यवेक्षकले आफ्नो मतदाता नामावली रहेको ठाउँमा पर्यवेक्षण गर्न पाउने छैनन् भने सरकारी निकायमा कार्यरत प्राध्यापक, शिक्षक कर्मचारी एवं पदाधिकारीले पनि पर्यवेक्षण गर्न नपाउने व्यवस्था छ ।

त्यस्तै, निर्वाचन कसुर र आचारसंहिता उल्लङ्घनमा सजाय पाएको संस्था वा व्यक्तिले पर्यवेक्षणको अनुमति पाउँदैन । प्रचलित कानून वा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोगले तत्काल पर्यवेक्षक अनुमतिपत्र रद्द गर्नेछ । एउटा मतदानस्थलमा एउटा संस्थाले एकजना मात्रै पर्यवेक्षक खटाउन पाउनेछ ।