November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पाँचथरमा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा, झिनो मतले काँग्रेस अघि

पाँचथर । पाँचथरमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेले झिनो मतको अग्रता लिएका छन् । प्राप्त मतपरिणाम अनुसार आङ्देम्बे र नेकपा एमालेका उम्मेदवार बसन्तकुमार नेम्बाङबीच ३२ मतको अन्तर छ ।

७४९० गणना गर्दा आङदेम्बेले ३२०७ प्राप्त गरेका छन् भने नेम्बाङले ३१७४ मत प्राप्त गरेका छन् । ३८९ मत बदर भएको छ ।

‘हेभिवेट’का प्रतिष्पर्धि आङ्देम्बे र नेम्बाङबीच कडा प्रतिष्पर्धा भइरहेको छ ।

Advertisement