काठमाडौं । सरकारले स्व.पृथ्वीनारायण शाहको जन्मजयन्ती अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
१६ वर्षअघि नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई खारेज गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेको थियो। यसमध्ये यो पनि एक प्रमुख सर्त हो।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ वटा सिट जितेको राप्रपा हाल सरकारमा सहभागी नभएपनि बाहिरबाट समर्थन भने गरिरहेको छ।
‘पृथ्वीजयन्तीलाई राष्ट्रिय एकताका रूपमा पुनर्स्थापना र सार्वजनिक बिदाबारेका हाम्रा असहमतिपूर्ण माग पूरा भएका छन्’ , राप्रपाको उच्च स्रोतले भन्यो।