November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ नियम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन् । विदेशबाट ल्याएको एक थान मोबाइल ल्याउदा १८ प्रतिशत कर लिने नियम बनेसँगै विदेशमा रहेका नेपालीहरूले नो रेमिट्यान्स’ अभियान तिब्र पारेपछि सरकार लचक बनेको हो ।

प्रधानमन्त्री प्रचण्डले लागू गर्न खोजिएको कडाइ नियम लागू नगर्न र पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएका छन् । विदेशबाट एकथान मोबाइल ल्याउँदा सरकारले १८ प्रतिशत कर लिने र ३ थान ल्याए जफत गर्ने नियम ल्याउन लागिएको भन्दै विभिन्न देशमाबाट नेपालीहरूले ह्यासट्याग ‘नो रेमिट्यान्स’ अभियान सुरु गरेका हुन् ।

उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने, पठाउनै परे हुन्डीको प्रयोग गर्ने भन्दै सामाजिक सन्जालबाट आक्रोश पोख्न थालेपछि त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण भएको हो ।

Advertisement