काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने बताएको छ । काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले समयमै निर्वाचन गर्न सरकारको ध्यानाकषर्ण गराएको हो ।
‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’, प्रवक्ता डा. प्रकाशरण महतले भने ।
प्रवक्ता डा. प्रकाशरण महतले भने, ‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन गर्ने काम सरकार र निर्वाचन आयोगको छ ।’
काँग्रेसले आलटाल गरेर पछाडि धकेल्न नहुनेमा जोड दिएको छ । बैठकले राष्ट्रपति निर्वाचनमा संसदमा रहेका अन्य दलहरुसँग छलफल थाल्ने निर्णय पनि गरेको छ।