July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

देशभर मौसम सामान्यतया सफा रहने, जुम्लामा बल्ल हिमपात

काठमाडौं । हाल देशको पश्चिमी भू भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ ।

विभागका अनुसार मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भू(भागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

Advertisement

उता, हिमाली जिल्ला जुम्लामा सोमबार रातिदेखि हिमपात हुन थालेको छ । कर्णाली प्रदेशमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिउँ पर्न सुरू गरेको हो ।

माथिल्लो भेगमा वर्षासँगै हिमपात भईरहेको छ । माथिल्लो भेगमा भारी मात्रामा हिमपात भएको छ भने तल्लो भेगमा आधा फिट जति हिउँ जमेको छ ।

सामान्यतः मंसिर अन्तिमदेखि हिउँ पर्नु पर्नेमा यस पटक लामो समय वर्षा नहुँदा बल्ल हिमपात हुन थालेको हो ।