November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बञ्चराे प्रहार गरी आमाकाे हत्या

काठमाडौं। कैलालीमा छोराले बञ्चराे प्रहार गरी आमाकाे हत्या गरेका छन् । प्रहरीका अनुसार सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमाराका श्रीराम थारुले आमा लगनी थरुनीलाई बञ्चराे प्रहार गरि हत्या गरेका हुन् ।

४० वर्षीया छोराको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी ७१ बर्षीया उनकाे धनगढीकाे नवजिवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न रहेका श्रीरामलाई मंगलवार बिहान नै जंगलबाट पक्राउ गरिएको हो। श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ। हत्याको प्रारम्भिक अनुसन्धानबाट आमा (लगनी) ले वृद्धभत्ताको पैसा नदिएपछि आरोपित थारुले बन्चरोले ढाड र खुट्टामा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ।

Advertisement