काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकर चन्द पक्राउ परेका छन् । ५० वर्षीय चन्दलाई मंगलबार पक्राउ परेका हुन् ।
एक बालिकाको गर्भपतन गराइएपछि घटना बाहिर आएको स्रोतले जनाएको छ । पीडित र अन्य बालिकासँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
अनाथालयमा रहेका ५ बालिकासँग मंगलबार नै प्रहरीले कुराकानी गरेको छ । बोल्न नसक्ने, प्रतिकार गर्न नसक्ने र नाइँनास्ती गर्न नसक्नेमाथि चन्दले यौनजन्य गतिविधि गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।