November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जुम्लामा आगलागीमा परी एक बालिकाको मृत्यु

काठमाडौं । जुम्लामा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका १ ठिन्केस्थित घरमा आगलागी हुँदा १६ वर्षीया बन्दना भण्डारीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार चन्दननाथ १ का लोगबहादुर भण्डारीको घर आगलागी भएको हो । राति १२ बजेतिर आगलागी हुँदा सुतिरहेको अवस्थामा उनको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

माटोको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको छ भने क्षतिको थप विवरण आउन बाँकी छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement