विराटनगर। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–७ बाह्रघरेका ४९ बर्षीय खेम श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका–७ मा करेन्ट लागेर उनको मृत्यु भएको हो । उनलाई राती साढे ११ बजे पिसाव फेर्नको
लागि खाली खुट्टा घर बाहिर निस्केका श्रेष्ठलाई आफैले जंगली हात्तीको आक्रमणबाट जोगिनको लागि घर वरिपरी विद्युतीय करेन्ट प्रवाह गरेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेको थियो ।
करेन्ट लागि घाईते भएका श्रेष्ठको बर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।