काठमाडौं । बर्दियामा बीमा दाबी गर्न आफ्नै गाडी जलाउने एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मधुवन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई पक्राउ रहेका छन् ।
प्रहरीका अनुसार मधुवन नगरपालिका-४ बसन्तामा लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडीमा आगलागी भएको थियो। आगलागी भएको खबर पाएपछि प्रहरी पुग्दा गाडीको पुरै भाग जलेर नष्ट भइसकेको थियो।
घटनास्थलमा कोही पनि फेला नपरेको र अनुसन्धानको क्रममा प्रहरीले चालक चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि सोधपुछ गर्दा बीमाको रकम लिनको लागि जलाएको भन्ने खुलेको हो
उनले प्रहरीलाई बताए अनुसार माघ २० गते गाडी बिग्रिएको थियो। मर्मत गर्न बढी रकम लाग्ने भएपछि चालकले आइतबार राति ८ बजेतिर उक्त गाडी जंगलमा लगेर डिजेल छर्केर आगजनी गरेका थिए।
त्यसपछि घर फर्किएका उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।