सर्लाही । सर्लाहीका व्यवसायी उपेन्द्र हजारी मृत फेला परेका छन् । गोडैतास्थित उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका हजारी शनिबार अपराह्न रहर रोपेको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
४५ वर्षीय हजारी शुक्रबार साँझ गोडैता–७ स्थित घरबाट समान्य अवस्थामा हिँडेका थिए । शनिबार अपराह्न उनको शव रहर खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार हजारीको मुखबाट रगत आइरहेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर मगाएको प्रहरीले जनाएको छ ।