November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते

काठमाडौं । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार राति जोशीपुर गाउँपालिका–७ को हजारीबारामा से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टरमा सवार भजनी नगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको हो । उनीहरु दुवै जनाको उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किंदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका हुन् । ट्याक्टर चालक भजनी नगरपालिका–९ कै सुरज चौधरी भने फरार छन् । उनको खोजी भइरहेको छ ।