November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

दलहरूबीच आलोपालो मुख्यमन्त्री लिने सैद्धान्तिक सहमति भएको छ: बालकृष्ण खाँण

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै सातै प्रदेशमा सरकार पुनर्गठन हुने बताएका छन् । आइतबार जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् ।

यस्तै, उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्तिक सहमति भएको पनि जानकारी दिए । उनले भने, ‘सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ ।’

Advertisement