November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गलकोट समाज पोखराद्वारा नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन

पोखरा । गलकोट समाज पोखराले आउदै गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार समाजको नवनिर्मित समाज भवनको “घुम्टे सभाहल”मा वृहत्त कार्यक्रमका साथ सम्पन्न भएको थियो । कार्यक्रमको शुरुवात ट्राफिक प्रहरी नायव उपरिक्षक शिव पाठकले सवारी दुर्घटना र न्यूनिकरणका उपायसँगै ट्राफिक सचेतना मन्तव्य राखेका थिए ।

साहित्यकार प्रा.डा. भवानीप्रसाद पान्डे प्रमुख अतिथि रहेको कार्यक्रममा गलकोट समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय गलकोट समाजका संयोजक बेलुकाजी थापा, गायक सर्जक वसन्त थापा, सल्लाकार मोहन चन्द राजन, शोभा पान्डे क्या. टोपबहादुर खत्री अतिथका रुपमा लिए ।

Advertisement

कार्यक्रममा नव निर्मित भवनको आयव्यय, नयाँ वर्षको क्यालेन्डको खर्चको व्यवस्स्थापन र प्रायोजन गर्ने ३३ कोटी सप्लार्यसलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

गलकोट समाज जापानको संयोजनमा भवन निर्माणका निम्ति संकलित पहिलो किस्ताको रकम गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले ७ लाख १५ हजार २२ रुपैया संस्थागत सहयोग हालै हस्तान्तरण गरेको जानकारी दिइएको थियो ।

स्वागत मनत्व्य समाजका सचिव गणेश खत्री, सञ्चालन समाजका महासचिव तुलचन्द्र खिम थापाको रहेको थियो भने सभा समाजका अध्यक्ष खडक बहादुर थापाले सभापतित्व गरेका थिए ।