November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न रास्वपाकी सांसद डा. तोसिमाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै पूर्व राज्यमन्त्रीसमेत रहेकी कार्कीले ललितपुरमा रहेको समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न माग गरेकी हुन् ।

सांसद कार्कीले ‘केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएको र त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी थियो । उनले भनिन्, ‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षति भएका छन् ।’

कार्कीले विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको तर वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छन् । ‘म आग्रह गर्न चाहन्छु यसरी नै देशव्यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् । यसका लागि संसदीय छानबिन समिति गठन गरियोस् ।, उनले भनिन् ।

Advertisement