November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पाँचथर – काठमाडौँ सम्पर्क मञ्चद्वारा भित्तेपात्रो विमोचन  

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) पाँचथर – काठमाडौं सम्पर्क मञ्चले २०८० को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो विमोचन गरेको छ । मञ्चको कार्यालय शाान्तिनगरमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच शुभकामना आदान प्रदान सहित भित्तेपात्रो विमोचन गरिएको हो । 

मञ्चद्वारा आयोजित नववर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा मञ्चका अध्यक्ष गंगा रिजालको अध्यक्षता र पार्टी केन्द्रका अनुशासन आयोगका सचिवालय सदस्य भक्तिमान सम्वाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्पर्क मञ्चका सचिव विक्रम भट्टराईले बताए ।  

कार्यक्रममा पार्टीका  शिक्षा विभागका केन्द्रीय सदस्य बासुदेव अधिकारी श्रम तथा रोजगार विभाग सदस्य  वेद लावती उद्योग विभाग सदस्य एमके तिवारी सम्पर्क विशेष प्रदेश कमिटी उपसचिव केशर अधिकारी, कोशी प्रदेश सम्पर्क कमिटीका सचिव दिलिप राई,भोजपुर सम्पर्क मञ्चका अध्यक्ष भिम राई, सुनसरी सम्पर्क मञ्चका अध्यक्ष रमेश आचार्य, कोशी प्रदेश सम्पर्क कमिटी सदस्य तथा सम्पर्क मञ्च ईन्चार्ज देवी रिजाल, सल्लाहकार परिषद सचिव गुरुराज तिम्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रममा पेशागत महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका सम्पर्क मञ्चका अध्यक्ष गंगाप्रसाद रिजाल तथा केही दिनअघि सञ्चारिका समुहद्वारा सञ्चारिका प्रोत्साहन पुरस्कारबाट सम्मानित सम्पर्क मञ्चकी सदस्य तथा समाजवादी प्रेस संगठन कोशी प्रदेशकी उपाध्यक्ष ज्ञानु घिमिरेलाई  हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो  ।