विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ काली खोला स्थितबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ । आज बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध रुपमा भारतबाट ल्याउदै गरेको सामान बरामद गरेको हो ।
नेपालतर्फ आउदै गरेको भारतीय ट्रकलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा भन्सार छली, चोरी, निकासी गरी नेपाल भित्र्याउदै गरेको स्मार्ट मोबायल ३५ थान, टायल्स, औषधी र रेडिमेट कपडा गम्छा ३ हजार ७ सय ८० पिस गरी अन्दाजि १० लाख ९० हजार बराबरको सामान बरामद गरे सगै ट्रक चालक भारतीय नागरीक ३८ बर्षीय निरन्जन रायसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद भएका सामान र पक्राउ परेका रायलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।