November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या

काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ ।

श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८ः१० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो । तर उडेको केही समयपछि जहाजमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको थियो । जहाज साढे ८ बजे काठमाडौंमा सकुशल अवतरण भएको थियो ।

Advertisement

यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको उनले जानकारी दिए ।

फाइल तस्बिर