November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको पक्षमा आवाजसहित गौरवयात्रा

काठमाडौं । यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाउँदै नेपाल क्वेयर युथ ग्रुपको आयोजनामा शनिबार काठमाडौंको शान्तिवाटिकादेखि नारायणचौरसम्म गौरवयात्रा गरेको छ ।

विश्वभरि ईश्वी संवत्को जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण भएका व्यक्तिहरुले गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाउने गर्छन् । बिसौं शताब्दीको ६० को दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरेर मनाउने गरिएको आयोजक क्वेयर युथ ग्रुपले जानकारी दिएको छ ।

शनिबार काठमाडौं रानीपोखरी छेउको शान्तिवाटिकादेखि सुरु भएको गौरव यात्रा जमल, दरवारमार्ग, नारायणहिटी, नागपोखरी हुँदै नारायणचौरसम्म पुगेको थियो । त्यसपछि नारायणचौरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

Advertisement

नेपालमा २०७६ सालदेखि गौरवयात्रा मनाउन थालिएको हो । २०७७ र २०७८ सालमा कोभिड–१९ महामारीका कारण अनलाइन माध्यमबाट गौरव यात्राको आयोजना गरिएको गियो ।

अध्यक्ष नेपालले विप्लव समूह, जनता समाजवादी पार्टी लगायत दलसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए ।