November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माइतीघर मण्डलामा नागरिकता पीडित र प्रहरीबीच झडप

काठमाडौं । प्रदर्शनमा रहेका नागरिकताविहीन संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

प्रदर्शनको क्रममा नागरिकता पीडितहरूले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको हो। प्रहरीले उनीहरूलाई रोक्न खोज्दा झडप हुँदा दुई जनाको टाउकोमा चोट लागेको छ भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरू लामो समयदेखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्। 

Advertisement