July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

काँग्रेस नेता आरजु राणा जापान प्रस्थान

काठमाडौँ । काँग्रेस नेता आरजु राणा जापान प्रस्थान गरेकी छिन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी पनि हुन् ।

राणा सोमबार साँझ जापान उडेकी हुन् । ३० असारमा पति देउवाका साथ सिंगापुर गएकी राणा शुक्रबार राति स्वदेश फर्किएकी थिइन् । राणा फलोअप उपचारका लागि जापान गएको देउवाको सचिवालयले जनाएको छ ।

गत भदौमा उनले जापानमा मेरुदण्डको उपचार गराएकी थिइन् ।

Advertisement