सुनसरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय अशोककुमार राईले साहित्य कला संस्कृति प्रतिष्ठान, धरानले आयोजना गरेको दोस्रो अन्तराष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०८० को उद्घाटन गरेका छन् ।
असार १५ गते भएको कार्यक्रममा मन्त्री राईबाट नविनतम कृतिहरुको विमोचन र श्रष्टा सम्मान गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार विशेष अतिथि भाषाविद् प्राडा टंकप्रसाद न्यौपाने, मेयर हर्कराज राई, अतिथि संस्कृत विश्वविद्यालय शिक्षाध्यक्ष भिम खतिवडा, प्राडा गोपाल भण्डारी, डा। सुकराज दियाली, पूर्वमाननीय एवम् कवयत्री कुन्ता शर्मा, साहित्यकार एवम पत्रकार राजकुमार कार्की, गोपाल देवान, राजेश विद्रोही एवम् असाम नेपाली साहित्य समाजबाट वरिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
महोत्सव संयोजन वरिष्ठ कवि बम देवानले गरेका थिए ।