November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मोरङ र सुनसरीमा बाढीबाट बच्न एलर्ट

काठमाडौं । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुनसरी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने भन्दै महाशाखाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ,’ महाशाखाद्धारा जारी सूचनामा भनिएको छ ।

Advertisement