November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

तेह्रथुमको छथरमा सचेतनामूलक कार्यक्रम

तेह्रथुम । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मंगलबार प्रहरी चौकी शुक्रबारेले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

छथर गाउँपालिका वडा नं. २ र ५ शुक्रबारे बजारस्थित स्थानीय बजारवासीहरू, गाँउटोलबाट बजारमा आएका सर्वसाधारण मानिसहरुलाई भेला गरी सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरीकहरुमा के-कसरी हिंसा हुन्छ ? महिला बालबालिका तथा जेष्ठ नागरिकविरुद्ध हिंसा कोही कसैले गरी गराएको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई के-कस्तो कानुनी दण्ड तथा कारवाही हुन्छ ? लगायतका विषयमा सचेतना जगाउने सन्देश दिएको थियो ।

Advertisement

प्रहरी सहायक निरिक्षक कृष्णबहादुर बस्नेतद्वारा “महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम” बारे प्रष्ट पारिएको थियो ।