November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मादी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा शनिबार एक पुरुष मृत फेला परेका छन्। बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको मृत शव फेला परेको हो ।

प्रहरीका अनुसार अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

Advertisement

शवलाई दमौली अस्पतालमा राखिएको छ।