November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

असोज १ गते विद्युत प्राधिकरणका आय संकलन काउन्टर बन्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने भएका छन् । प्राधिकरणले एक सूचना जारी गरी सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।

विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ ।

Advertisement