काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय वार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । आर्थिक वर्ष २०७८÷०७९ र २०८९÷०८० को साधारणसभा सुर्खेतमा हुन लागेको हो ।
असोज १२ र १३ गते हुने साधारणसभामा देशभरका ७७ जिल्लाबाट करिब ११ सय प्रतिनिधिहरु कर्णालीमा आउने जनाइएको छ । उक्त साधारणसभाले विधान संशोधन लगायतका योजना बनाउने छ ।