November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

ओखलढुङ्गामा आगलागीमा परेर महिलाको मृत्यु

२०८० कार्तिक १४

ओखलढुङ्गा। ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-७ हर्कपुर स्थितमा आगलागीमा परेर एकजना महिलाको मृत्यु भएको छ ।

सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा बर्ष ३३ कि कमला गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगोलागी नियन्त्रणमा लिएको थियो भने घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूयाको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोली खटी गएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement