November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

भूकम्पपीडितलाई राहत वितरणमा ढिलासुस्ती भएको भन्दै झलनाथ खनालको आपत्ति

२०८० कार्तिक २३

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

बिहीबार युवा संघ नेपालले संकलित राहत सामाग्री हस्तान्तरण गर्दै नेता खनालले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भने पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको प्रति आपत्ति प्रकट गरेका हुन् । 

नेता खनालले भने, ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिङ्गो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ । सरकारले जुन एकद्वारा प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ । तर आजसम्म पनि सामान्य भन्दा सामान्य सुत्केरीले पनि पाल सम्म पाएका छैनन् भन्ने सूचना छ  यो यदि सत्य हो भने दर्दनाक कुरा हो, दुःखद कुरा हो । सरकार किन ढिला भइरहेको छ । यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ । यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । नेता खनालले भन्नुभएको छ  अविलम्ब ती पीडित जनतालाई राहत पुर्‍याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।’

Advertisement