November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना हिरासतमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले थापासहित १५ जनालाई पक्राउ गरेको हो ।

थापासहित १५ जना अहिले प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रदर्शन सकिसकेपछि प्रहरीले थापालाई पक्राउ गरी लगेको हो।

पक्राउ पर्नेमा भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का रहेका छन् । उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइनसकेको प्रहरीले जनाएको छ ।

Advertisement

यसअघि त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो ।

मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो ।