विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका- २ शान्तिझोडा स्थित जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घर नजिकै जंगली हात्ती निस्किएकोले धपाउने क्रममा स्थानीय २५ बर्षीय रबिन खड्कालाई उक्त हात्तीले कुल्चिएर मारेको हो ।
उक्त खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट घटनास्थलमा प्रहरीको टोली खटिगई सम्पूर्ण कानूनी प्रक्रियापश्चात शवलाई परिक्षणको लागि घोपा धरान पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।